मुक्तिनाथ विकास बैंककाे ब्रान्ड प्रवर्द्धकमा पर्वातारोही लाक्पा देण्डी शेर्पा

काठमाडौँ । मुक्तिनाथ विकास बैंक र पर्वातारोही लाक्पा देण्डी शेर्पाबीच बैंकको सेवा सुविधाको प्रचार एवम् बैंकको सकारात्मक छवि प्रस्तुत गर्ने गरी सम्झौता पत्रमा हस्ताक्षर भएको छ ।

सम्झौताअनुसार लाक्पा देण्डी शेर्पा बैंकको सेवा सुविधाको प्रचार र बैंकको सकारात्मक छवि प्रस्तुत हुने गरी ‘ब्राण्ड इन्फ्लुएनसर’को रुपमा कार्य गर्ने छन् । उनका आगामी अभियानमासमेत बैंकलाई साथ राख्दै हातेमालो गर्दै अघि बढ्नेछन् ।

एक कार्यक्रमबीच बैंकका बजारीकरण प्रवर्द्ध तथा संस्थागत मामिला विभाग प्रमुख बसन्त बक्शी तथा लाक्पा देण्डी शेपाले सम्झौता पत्र हस्ताक्षर गरेका हुन् ।

लाक्पा देण्डी शेर्पा एक सफल पर्वातारोही हुन् । तीन पटक सगरमाथा आरोहण गरेका उनले सबैभन्दा छिटो समय १० दिन १८ घण्टा ३० मिनेटमा सगरमाथा आरोहण गरेका छन् । जस कारण उनी गिनिज रेकर्ड होल्डर पनि हुन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *