सानिमा बैंकको प्रायोरिटी काउन्टर नयाँ बानेश्वरमा
काठमाडौँ । सानिमा बैंकले प्रधान कार्यालय नक्साल र कुमारीपाटी शाखाबाट आफ्ना ग्राहकलाई लक्षित गरी सञ्चालन गर्दै आएको प्रायोरिटी काउन्टर बुधबार १ असारदेखि नयाँ बानेश्वर शाखामा पनि विस्तार गरेको छ ।
आफ्ना प्राथकिताका ग्राहकको सेवा र सुविधालाई ध्यानमा राख्दै अझै गुणस्तरीय सेवा एकै स्थानबाट प्रदान गर्न प्रायोरिटी काउन्टर थप गरिएको हो । यस प्रायोरिटी लाउन्जबाट ग्राहकलाई द्रुत सेवा प्रदान गर्न विशेष ग्राहक सेवा प्रतिनिधि नियुक्त गरिएको छ ।
नयाँ बानेश्वर शाखास्थित प्रायोरिटी काउन्टरको उद्घाटन बैंकका प्रायोरिटी ग्राहक डिल्लीराम अधिकारी र बैंकका प्रमुख निक्षेप अधिकृत सरोज गुरागाईं संयुक्त रुपमा गरेका छन् । सो समारोहमा डिल्लीराम अधिकारीलगायत अन्य ग्राहकले नयाँ बानेश्वरमा प्रायोरिटी काउन्टर विस्तार गरिएकोमा धन्यबाद ज्ञापन गरे ।
साथै बैंकका प्रमुख निक्षेप अधिकृत गुरागाईंले बैंकले आगामी दिनमा थप गुणस्तरीय सेवा प्रदान गर्न प्रायोरिटी काउन्टर सेवा विस्तार गर्दै लैजाने बताए ।
सानिमा बैंकको देशका सातै प्रदेशमा १२६ कार्यालय र ११८ वटा एटिएम सञ्चालनमा रहेका छन् ।