कान्छो श्रीमान नपाएर बागमतीमा हाम फालेकी महिलालाई बचाए जेठो श्रीमानले

काठमाडौँ । बुधबार ललितपुरको शंखमुल पुलबाट बागमती नदीमा हाम फालेकी एक महिलाको ज्यान उनकै श्रीमान जितेन्द्र माझीले बचाएका छन् ।

कान्छो श्रीमानसँग बस्न नपाएको भन्दै बागमती नदीमा हाम फालेकी लक्ष्मी जिरेल माझीलाई उनकै जेठो श्रीमान जितेन्द्र माझीले बचाएका छन् । ‘आफू कान्छो श्रीमानसँग बस्न चाहेको तर जेठो श्रीमानले बस्न नदिएको’ भन्दै काभ्रेकी ३५ वर्षीया लक्ष्मीले बुधबार साँझ शंखमुल पुलबाट हाम फालेकी हुन् । उनका श्रीमान जितेन्द्रले आफै नदीमा हाम फालेर नदीमा डुबिसकेकी श्रीमतीको ज्यान बचाएका हुन् ।

उनका श्रीमान जितेन्द्र माझी कोटेश्वरमा फर्निचर व्यवसाय गरेर २० वर्षदेखि बसिरहेका छन् । कान्छो श्रीमानसँग विवाह भएको १५ वर्ष पुगेको लक्ष्मी जिरेल माझीले बताइन् । माझीका जेठा छोरा करण माझीका अनुसार लक्ष्मीले सिन्धुपाल्चोक खाडीचौरका विमल थापासँग दोश्रो विवाह गरेकी हुन् ।

श्रीमती लक्ष्मी माझीले तीनजना छोरा कान्छो श्रीमानको भएको भन्दै आफू कान्छो श्रीमानसँगै बस्न चाहेको बताएकी छन् । तर, उनका श्रीमान जितेन्द्र माझीले भने ५ जनै छोरा आफ्नो भएको दाबी गरेका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *