नबिल बैंकले पर्यावरणमैत्री व्यवसाय ऋण कर्जा सुविधा दिने

काठमाडौँ । पर्यावरणमैत्री व्यवसाय तथा दिगो विकास सम्बन्धित व्यवसायको वित्तीय व्यवस्थापनमा सहयोग गर्ने लक्ष्यका साथ नबिल बैंकले पहिलो पटक पर्यावरणमैत्री व्यवसाय ऋण कर्जा सुविधा ‘नविल इको–फ्रेन्डली बिजनेश लोन’ जारी गरेको छ ।

फोहोरमैला व्यवस्थापनसँग सम्बन्धित व्यवसाय, पर्यावरणमैत्री व्यवसाय तथा वनविनाश र प्रदुषण कम गर्ने लक्ष्य राखेका व्यवसायको वित्तीय आवश्कता पूरा गर्न आकर्षक सुबिधा तथा ब्याजदरसहित नयाँ कर्जायोजना ल्याएको हो । यस कर्जायोजनाअन्तर्गत बैंकले साबिकको भन्दा शून्य दशमलव ५ प्रतिशत कममा कर्जा उपलब्ध गराउने जनाएको छ ।

बैंकले पर्यावरणमैत्री व्यवसायीहरुको व्यवसाय बढाउन मद्दत गर्नको लागि क्षमता अभिवृद्धि कार्यक्रम र व्यवसाय विकास तथा परामर्श सुविधाहरु प्रदान गरी व्यवसायी माझ वित्तीय पहुँचमा जोड दिनेछ । साथै, आफ्ना ग्राहक वर्गसम्म व्यवसायको उत्पादन र सेवा वितरणलाई सहज बनाउने उदेश्यले ‘नविल एसएमई’ सहकार्य योजनामा आबद्ध गराउने छ ।

‘नबिल पर्यावरणमैत्री व्यवसाय कर्जायोजना हाम्रो दिगो बैंकिङअन्तर्गतको विभिन्न प्रयास मध्ये एक हो, जस अनुरूप फोहोरमैला व्यवस्थापन, सामाजिक र वातावरणीय मूल्य मान्यता अभिवृद्धि गर्ने लक्ष्य लिएर स्थापना भएका दिगो तथा पर्यावरणमैत्री व्यवसायको क्षमता अभिवृद्धि तथा वित्तीय पहुँचमा बैंकको साझेदारीलाई झल्काउँछ,’ बैंकका एसएमई एन्ड एमएफ विभागका प्रमुख निरजकुमार बस्नेत (डनिल) बताउँछन् । उनका अनुसार बैंकले यस कर्जा योजना अन्तर्गतका ऋणीलाई एक सफल व्यापार उद्यमको रूपमा विकाष गर्न ऋणीहरुलाई विभिन्न क्षमता अभिवृद्धि कार्यक्रम तथा सहकार्य योजनामा समवेश गर्नेछ ।

सन् १९८४ देखि आफ्ना ग्राहकहरुलाई समायनुकुल सेवा प्रदान गर्दै आएको यस नबिल बैंकको १५० शाखा, १८७ एटिएम र १५०० भन्दा बढी नबिल रेमिट एजेन्ट रहेका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *