सौगात मल्ल र अर्पण थापा अभिनित ‘लाखे’को पोस्टर सार्वजनिक

२०७९ असार १० गते

काठमाडौँ । नेपाली चलचित्र लाखेको पहिलो पोस्टर सार्वजनिक भएको छ । अभिनेता सौगात मल्ल र अर्पण थापाको मुख्य भूमिका रहेको फिल्म ‘लाखे’को फर्स्ट लुक सार्वजनिक भएको हो ।
फिल्मको पोस्टर लाखेले लगाउनेजस्तै मुखौटाहरूले भरिएको छ । सम्राट बस्नेतको निर्देशनमा बनेको यस फिल्ममा सौगात र अर्पणसँगै आर्यन अधिकारी, अनुप विक्रम शाही, वर्षा राउत, सुशिल सिटौला लगायतका कलाकारको अभिनय रहेको छ ।

२०७९ असार १० गते
प्रतिक्रिया
सम्बन्धित