दिलमायाका बुबाले दिए सूर्य श्रेष्ठविरुद्ध कर्तव्य ज्यानसम्बन्धी कसुरमा जाहेरी
मकालु खबर
२०७९ असार १३ गते
काठमाडाैँ । लोकदोहोरी गायिका दिलमाया सुनारको परिवारले सूर्य श्रेष्ठविरुद्ध कर्तव्य ज्यानसम्बन्धी कसुरमा जाहेरी दिएका छन् । आइतबार साँझ सुर्खेतबाट काठमाडौँ आइपुगेका दिलमायाका बुबा केसर विकले प्रहरी वृत्त बालाजुमा किटानी जाहेरी दिएका हुन् ।
सुनार काठमाडौँको बानियाँटारस्थित आफ्नै कोठामा शनिबार मृत भेटिएकी थिइन् । उनको शव परीक्षणका लागि शिक्षण अस्पताल महाराजगन्जमा राखिएको छ । पक्राउ परेका श्रेष्ठविरुद्ध जाहेरी परेको बालाजु वृत्तका डिएसपी गौतम मिश्रले पुष्टि गरे ।
मकालु खबर
२०७९ असार १३ गते
प्रतिक्रिया
सम्बन्धित