छिमेकीलाई बोक्सी भन्दै मलमूत्र खुवाएको आरोपमा दुई महिला पक्राउ
मकालु खबर
२०७९ असार १४ गते
काठमाडौँ । बोक्सी भन्दै छिमेकी एक महिलालाई मलमूत्र खुवाएको आरोपमा सिराहा प्रहरीले दुईजना महिलालाई पक्राउ गरेको छ ।
गत शनिबार सिराहाको भगवानपुर गाउँपालिका–४ ठाडी निवासी ६० वर्षीया आतिकादेवी कामैतलाई बोक्सी भन्दै मलमूत्र खुवाएको आरोपमा स्थानीय ३० वर्षीया फुलोदेवी साह र ५५ वर्षीया कोशिला साहलाई प्रहरीले नियन्त्रणमा लिएको हो । जिल्ला प्रहरी कार्यालय सिरहाका निमित्त प्रवक्ता प्रहरी निरीक्षक रामचन्द्र साहका अनुसार पक्राउ परेका दुवैजनालाई इलाका प्रहरी कार्यालय लहानमा राखिएको छ ।
आरोपित दुवैमाथि बोक्सी आरोप कसुर मुद्दा दर्ता गरी अनुसन्धान अघि बढाइएको प्रहरी निरीक्षक साहले बताए ।
मकालु खबर
२०७९ असार १४ गते
प्रतिक्रिया
सम्बन्धित