नबिल र एनबी बैंकले २७ असारदेखि एकीकृत कारोबार गर्ने

काठमाडाैँ । नबिल बैंक र नेपाल बङ्गलादेश (एनबी)बैंकले २७ असारदेखि एकीकृत कारोबार सुरू गर्ने भएका छन् । नबिल बैंकले एनबी बैंकलाई प्राप्ती ( एक्वायर) गरेपछि एकीकृत कारोबार सुरू गर्ने भएकाे हाे ।

दुवै बैंकको ७ जेठमा बसेकाे विशेष साधारण सभाले नबिल बैंकले एनबी बैंकलाई प्राप्ति गर्ने प्रस्ताव पारित गरेको थियाे । उक्त प्राप्ति प्रक्रिया अघि बढाउन नेपाल राष्ट्र बैंकले १५ असार र कम्पनी रजिष्ट्रार कार्यालयले १७ असारमा अन्तिम स्वीकृति प्राप्त गरेको थियो ।

नबिल बैंकले एनबी बैंककाे प्रति शेयर मूल्य शतप्रतिशत नै रहेन र एनबीकाे प्रतिकिक्ता सेयर मूल्य ४३ कायम हुने गरी नबिलले एनबी बैंकलाई प्राप्ति गर्न लागेकाे हाे ।

नबिलले प्राप्ति गरेपछि बन्ने बैंककाे प्रमुख कार्यकारी अघिकृतमा ज्ञानेन्द्र ढुंगाना रहने छन् । यी बैंक गाभिएपछि चुक्तापुँजी २२ अर्ब ८३ करोड रुपैयाँ पुग्ने भएकाे छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *