कर्णाली प्रदेशसभा बैठक स्थगित

सुर्खेत । बिहीबार दिउँसो १ बजेको बस्ने भनेको कर्णाली प्रदेश सभा बैठक स्थगित भएको छ । प्रदेश सभाका प्रमुख सचिव जीवराज बुढाथोकीका अनुसार सूचना टाँसेर शुक्रबार बस्ने गरेर बिहीबारको बैठक स्थगित गरिएको हो ।

सरकार र प्रतिपक्ष दल नेकपा एमालेबीच सहमति जुट्न नसकेपछि बिहीबार दिउँसो १ बजेका लागि बोलाइएको कर्णाली प्रदेश सभाको बैठक आज बस्ने नसकेको हो । प्रमुख प्रतिपक्ष तथा एमालेले गत माघमा सरकारले प्रतिपक्षसँग गरिएको ७ बुँदे सम्झौता कार्यान्वयन गर्नुपर्ने माग राख्दै बैठक अवरुद्ध गर्दै आएको छ ।

यस्तै, एमालेले आगामी आर्थिक वर्ष २०७९–०८० को लागि ल्याइएको बजेटको किताब तथ्यगत रूपमा ल्याउनुपर्ने, मुख्यमन्त्री रोजगार कार्यक्रमको कार्यविधि सच्याउनुपर्ने र बजेटमा समेटिएका सुदूरपश्चिमका तीन जिल्ला कर्णालीको बजेटमा हटाउनुपर्ने अडान राखेको छ । तर, सरकार भने बजेट पास गरिसकेपछि मात्र कार्यान्वयनमा लैजाने बताइरहेको छ ।

यीनै विषयमा बिहीबार बिहान ११ बजेदेखि बसेको सर्वदलीय बैठकमा कुनै सहमति जुट्न नसकेर टुङ्गिएको छ । सत्ता र प्रतिपक्षको आ–आफ्नै अडानले सर्वदलीय बैठकमा सहमति जुट्न नसकेको हो । प्रदेश सभा गत असार १२ गतेदेखि अवरुद्धहुँदै आएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *