र्यापर यमबुद्धको शालिक बनाउन महानगरले छुट्यायो १५ लाख
मकालु खबर
२०७९ असार २५ गते
काठमाडाैँ । काठमाडौं महानगरपालिकाले र्याप गायक यमबुद्धको सालिक निर्माण गर्ने भएको छ । आगामी आर्थिक वर्षको बजेटमा यमबुद्धको सालिक निर्माण गर्ने गरी महानगरले बजेट विनियोजन गरेको हो ।
सालिक निर्माणका लागि १५ लाख रुपैयाँ बजेट विनियोजन गरिएको छ । महानगर प्रमुख बालेन शाहको सचिवालयका अनुसार ‘हिपहप र नेपहप जेनरा’को श्रीवृद्धिका पुर्याएको योगदानको कदर गर्दै यमुद्धको सालिक निर्माण गर्न लागिएको हो ।
मेयर बालेका स्वकीय सचिव भूपदेव शाहले र्यापर यमबुद्धले ‘नेपहप’लाई विश्वमाझ परिरिचत गराएर दिएको योगदानको कदर गर्दै यस्तो निर्णय गरिएको बताए । वडाध्यक्षहरू कसैसँग सरसल्लाह नगरी महानगरको बजेटबाट यमबुद्धको शालिक निर्माण गर्ने निर्णयले महानगरभित्रै पनि असन्तुष्टि छ ।
मकालु खबर
२०७९ असार २५ गते
प्रतिक्रिया
सम्बन्धित