बुढीगंगामा मतान्तर बढाउँदै एमाले, मेयरमा ९५७ को अग्रता (पछिल्लो नतिजा)

काठमाडौँ । बाजुराको बुढीगंगा नगरपालिकामा नेकपा एमालेले अग्रता बढाएका छ । यसअघि मेयरमा ७०२ मतले अगाडि रहेकोमा पछिल्लो नतिजाअनुसार ९५७ ले अग्रता बनाएको हो ।

मेयरमा नेकपा एमालेका रामबहादुर बानियाँले मतान्तर बढाएका छन् । मतगणनाको सुरुवातदेखि अग्रता लिएका एमालेका रामबहादुर बानियाँले त्यसलाई कायमै राख्दै मतान्तर बढाउदै लगेका हुन् । ३६४८ मत गणना सकिंदा बानियाँले २१९६ मत प्राप्त गरेका छन् भने उनलाई पछ्याइरहेका नेपाली कांग्रेसका रंगबहादुर खातीले १२३९ मत ल्याएका छन् ।

उपमेयरमा पनि एमालेकै मायाकुमारी खड्का (कुवँर) ले २१७२ मतका साथ अग्रता कायम राखेकी छन् । उनकी प्रतिद्वन्द्वी कांग्रेसकी रीता शाहीले १२६२ मतका साथ उनलाई पछ्याइरहेकी छन् ।

अहिलेसम्म वडानम्बर १, ९ र १० को मत गणना सकिएको छ । यी वडामा नेकपा एमालेका उम्मेदवार विजयी भएका छन् भने गणना जारी रहेको वडा नम्बर २ मा पनि एमालेकै उम्मेदवारले अग्रता लिएका छन् । बुढीगंगा नगरपालिकामा बिहीबार मतदान भएको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *