बुढीगंगा अपडेट : चार वडाको नतिजा आउँदा एमालेले गर्‍यो ‘क्लिन स्वीप’

काठमाडौँ । बुढिगंगा नगरपालिकामा मतगणना जारी छ । अहिलेसम्म चार वडाको परिणाम सार्वजनिक भएको छ ।

जसमा नेकपा एमालेको उम्मेदवार विजयी भएका छन् । पछिल्लो नतिजाअनुसार वडा नम्बर २ मा कांग्रेसका उम्मेदवार नर बहादुर थापालाई पराजित गर्दै एमालेका उम्मेदवार पदम बहादुर भण्डारी विजयी भएका छन् । विजयी भण्डारीले ८ सय ३८ ल्याएका छन्, भने नर बहादुर थापाले २ सय ३५ मत ल्याएका हुन् ।

सो वडाबाट एमालेका मेयरको ८ सय ५१ कांग्रेस मेयरको २ सय २९ र एमाले उपमेयर ८ सय ५८ कांग्रेस उपमेयर २ सय १३ मत ल्याएका छन् । १४ सय ४३ मतदाता रहेको वडामा ११ सय १९ मत खसेका थिए । यो वडा एमालेको विजयीसँगै बुढिगंगामा ४ वटा वडा एमालेले जितेको छ ।

अहिले वडा नम्बर ३ र ८ को गणना भइरहेको छ । मेयरमा एमालेका रामबहादुर बानियाँले मतान्तर बढाएका छन् । मतगणनाको सुरुवातदेखि अग्रता लिएका एमालेका रामबहादुर बानियाँले त्यसलाई कायमै राख्दै मतान्तर बढाउदै लगेका हुन् । ३६४८ मत गणना सकिंदा बानियाँले २१९६ मत प्राप्त गरेका छन् भने उनलाई पछ्याइरहेका नेपाली कांग्रेसका रंगबहादुर खातीले १२३९ मत ल्याएका छन् ।

उपमेयरमा पनि एमालेकै मायाकुमारी खड्का (कुवँर) ले २१७२ मतका साथ अग्रता कायम राखेकी छन् । उनकी प्रतिद्वन्द्वी कांग्रेसकी रीता शाहीले १२६२ मतका साथ उनलाई पछ्याइरहेकी छन् । बुढिगंगाको चुनाव असार २३ मा दोस्रो पटक भएको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *