प्रदेश १ को नाम ‘सप्तकोसी’ राख्न दलहरू सहमति नजिक

विराटनगर । नेपाली काङ्ग्रेस संसदीय दलका प्रमुख सचेतक सुयर्माराज राईले प्रदेश १ को नाम सप्तकोसीमा सहमति जुट्ने बताएका छन् ।

शनिवार पत्रकारसँग संक्षिप्त कुरा गर्दै सप्तकोसी नाममा सबै दलहरू सहमतिमा पुग्ने वातावरण बनेको उनले जानकारी दिए । शुक्रवार भएको सर्वदलीय छलफलको क्रममा नेपाली काङ्ग्रेसले सप्तकोसी नाम हुनुपर्ने प्रस्ताव ल्याएपछि सबै दलहरू सकारात्मक रहेको बताए ।

कोसी भन्ने नदी नै नभएकोले यसको नाम सप्तकोसी हुनु पर्छ भन्ने रहेकोले ऐतिहासिक र सांस्कृतिक महत्त्व रहेको पनि उनले बताए ।

सत्ता पक्षीय दलहरू पनि यो नाममा सकारात्मक रहेको उनको भनाइ छ । नेकपा एमाले कोसी हुनु पर्ने पक्षमा रहेको छ।

नेपाली काङ्ग्रेसले सप्तकोसी नाम प्रस्तावमा ल्याएपछि एमाले थप छलफलमा जुटेको छ ।

यसै हप्ता प्रदेश १ को नाम प्रदेशसभामा पेस गर्ने तयारी छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *