कांग्रेसबाट निर्वाचित वडाध्यक्ष बलात्कार आरोपमा पक्राउ
मकालु खबर
२०७९ असार २६ गते
विराटनगर । धनकुटामा बलात्कार आरोपमा प्रहरीले वडा अध्यक्षलाई पक्राउ गरेको छ । शहीदभूमि गाउँपालिका ५ का वडा अध्यक्ष सन्तोष राईलाई प्रहरीले पक्राउ गरेको हो ।
युवतीले आफूमाथि जबरजस्ती करणी गरेको उजुरी दिएपछि प्रहरीले वडा अध्यक्ष राईलाई शनिबार राति नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय धनकुटाका प्रहरी उपरीक्षक लक्ष्मीराज अधिकारीले जानकारी दिए । असार २४ गते होटलमा लगेर बन्धक बनाएको भन्दै युवतीले जिल्ला प्रहरी कार्यालय धनकुटामा उजुरी दिएको प्रहरीले जनाएको छ।
तेह्रथुमको वसन्तपुरमा रहेको ताप्लेजुङ होटलमा बन्धक बनाएर बलात्कार गरेको युवतीले आरोप लगाएकी छन् । हिले घुम्न जाउ भनी वसन्तपुरमा पुर्याएर होटलमा बन्धक बनाएर बलात्कार गरेको प्रहरीमा दिएको उजुरीमा उल्लेख गरेको प्रहरीले जनाएको छ । नेपाली कांग्रेसबाट राई वडाध्यक्षमा निर्वाचित भएका थिए ।
मकालु खबर
२०७९ असार २६ गते
प्रतिक्रिया
सम्बन्धित