एनआइसी एशिया बैंकद्वारा ३ जनालाई ३० लाख बीमा रकम भुक्तानी

काठमाडौँ । एनआइसी एशिया बैंकले सर्वश्रेष्ठ बचत खाता योजनाअन्तर्गत बैंकमा बचत खाता खोलेका ३ जना ग्राहकलाई घातक रोगको बीमा बापत प्रतिव्यक्ति १० लाख रुपैयाँको दरले कुल ३० लाख रुपैयाँ बीमा रकम भुक्तानी गरेको छ ।

बीमा लाभ प्राप्त गर्नेमा बैंकको स्वयम्भु शाखामा सर्वश्रेष्ठ बचत खाता ‘एम्बेसडर’ श्रेणीको खाता खोलेका हरिन्द्र शाह तेली, जाजरकोट शाखामा सर्वश्रेष्ठ बचत खाता ‘एम्बेसडर’ श्रेणीको खाता खोलेका प्रचण्ड जंग शाह र थली शाखामा सर्वश्रेष्ठ कागेश्वरी मनोहरा नगरपालिका बचत खाता ‘एम्बेसडर’ श्रेणीको खाता खोलेका सञ्जित तामाङ छन् ।

तीन जनालाई बैंकका सहायक प्रमुख कार्यकारी अधिकृत सन्तोष कुमार राठी र प्रमुख रणनीतिक अधिकारी विशाल सिग्देलले संयुक्त रुपमा एक कार्यक्रमबीच बीमा रकम बराबरको चेक हस्तान्तरण गरेका हुन्। बैंकले नेपाल इन्स्योरेन्ससँगको सहकार्यमा बीमा रकम भुक्तानी गरेको हो ।

बैंकले हाल नेपालभर रहेको आफ्नो ३५९ शाखा कार्यालयहरू, ४७३ एटिएम, १०२ वटा विस्तारित काउन्टर एवम् ८१ वटा शाखा रहित बैंकिङमार्फत बैंकिङ सेवा उपलब्ध गराइरहेको छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *