डिएचआई : विद्युतीय घरायसी उपकरणको उदाउँदाे नेपाली ब्रान्ड (भिडिओ)

काठमाडौँ । इन्टरनेट र डीटीएच सेवा प्रदायक कम्पनी डिस होमले आफ्नो भगिनी कम्पनी डिजिटल होम इन्टरनेशनल प्रालिमार्फत् विद्युतीय घरायसी उपकरण (होम अप्लाएन्स)को उत्पादन तथा वितरण अघि बढाएको छ ।

‘डिएचआई’ ब्रान्डका सामान उत्पादन तथा बिक्री वितरण सुरु गरेको कम्पनीले ‘डीएचआई, छुट्टै छ है’ भन्ने नारासहित गुणस्तरीय सामान सुपथ मूल्यमा ग्राहकमाझ पुर्याउने लक्ष्य लिएको कम्पीका प्रमुख कार्यकारी अधिकृत (सीईओ) केशव पौडेलले बताए ।

‘अहिले मानिसको जीवनशैली असाध्यै व्यस्त भएको छ,’ उनले भने, ‘यस्तो व्यस्तताका बीच पनि मानिसको झण्डै आधा समय घरायसी काममा बित्ने गरेको छ । खास गरी महिलाहरुको सयम घरायसी काममा बित्ने गरेको छ । घरायसी कामलाई छिटो, छरितो र झण्झटरहित तरिकारले सक्न घरायसी विद्युतीय उपकरहणहरुको उत्पादन र वितरण सुरु गरेका हौँ ।’

भिडिओ

तताउने, चिस्सायउने, पानी शुद्ध पार्ने, कपडा धुने, खाना पकाउने, भाँडा धुने जस्ता घरायसी उपकरणको प्रयोगले यस्ता काममा खेर जाने समय बचाउन सकिन्छ । खास गरी नेपाल जस्तो अतिकम विकसित देशका नागरिकले बचेकाे समय आफ्नो जीवन समृद्ध पार्न सिर्जजात्मक काममा लगाउन पाउने छन् ।

‘मानिसको ऊर्जाशील समय घरायसी काममै नबिताेस्, सिर्जनात्मक काममा लागोस्,’ उनले भने, ‘त्यसले देशलाई नै समृद्धितर्फ लैजानन्छ ।’

अर्कोतर्फ हाल पेट्रोलियम (तेल र ग्यास) को भाउ उच्च बनेको छ । देशभित्रै उत्पादन हुने बिजुलीको मूल्य घट्दो क्रममा छ । त्यसले गर्दा विद्युतीय सामग्रीको प्रयोग पेट्रोलियम सामग्रीको तुलनामा निकै सस्तो पर्ने अध्ययनले देखाएकाे छ ।

‘ग्यासमा खाना पकाउनुभन्दा इडक्सन वा इन्फ्रारेड चुलोमा खाना पकाउनु निकै सस्तो पर्छ,’ सीईओ पौडेलले भने, ‘यसतर्फ लाग्याैँ भने वार्षिक रुपमा आयात हुने झण्डै २ खर्बको पेट्रोलियमको आयात कम गर्न सकिन्छ ।

कम्पनीले हाल फ्रिज, वासिङ मेसिन, वाटर फिल्टर, वाटर हिटर, इन्डक्सन, इन्फ्रारेड स्टोभ, राइस कुकर, भ्याकुम क्लिनर, ग्रान्डरजस्ता १५ भन्दा बढी घरायसी उपकरणको उत्पादन तथा बिक्री गरिएको उनले बताए । निकट भविश्यमै अझ थुप्रै उपकरणकाे उत्पादन र वितरण सुरू गर्ने उनले बताए ।

यस्ता सामानको उत्पादन कम्पनीले चीनलगायतका देशबाट पार्टपूर्जा तथा कच्चा संरचना ल्याएर नेपालमा एसेम्बल गरी तयार पार्ने गरेको उनले बताए ।

‘एसेम्ब कम्पनीले पनि सामान तयार पार्दा २५ प्रतिशत जति मूल्य अभिवृद्धि गर्छ,’ उनले भने, ‘तयारी सामान ल्याउनुभन्दा पार्टपूर्जा विदेशबाट ल्याएर नेपालमा उत्पादन गर्न सकियो भने त्यसले विदेशी मुद्राको सञ्चित उकास्ने, व्यापार घाटा कम गर्ने र रोजगारी सिर्जना गर्ने जस्ता अनेक लाभ दिन सक्छन् ।’

कम्पनीले हाल ललितपुरको गोदावरी नगरपालिका–१४ मा रहेको एसेम्बल प्लान्टमा १०० भन्दा बढी मानिसलाई रोजगारी दिएको छ । ‘हाम्रो कम्पनीमा पुरुषको तुलनामा बढी महिलाहरुले रोजगारी पाउनुभएको छ,’ उनले भने, ‘एसेम्बल नै गर्ने भए पनि हाम्राे कम्पनीले १०० जनालाई मात्रै पनि रोजगारी दिँदा सय परिवारको जीवन सहज बन्न सक्छ ।’

बढ्दो व्यापार घाटा कम गर्न पनि नेपाली उत्पादन र नेपाली ब्रान्डको प्रयोग गर्नुको विकल्प नरहेको सीईओ पौडेलकाे भनाई छ– ‘हामी नेपाली ब्रान्डमा जोड दिन्छौँ, डीएचआई नेपाली ब्रान्ड हो, यो ब्राण्डका सामान गुणस्तरीय र प्रतिस्पर्धी मूल्यमा पाइन्छ भनेर ढुक्कका साथ प्रयोग गर्ने अवस्था हामी निर्माण गरिरहेका छौँ ।

झण्डै ३ वर्षअघि सञ्चालनमा आएको कम्पनीले भविष्यमा अझ विस्तार हुँदै अघि बढ्ने लक्ष्य बनाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *