नबिल र एनबी बैंकको एकीकृत कारोबार शुभारम्भ
मकालु खबर
२०७९ असार २७ गते
काठमाडौँ । नबिल बैंक र नेपाल बङ्गलादेश (एनबी) बैंकले एकीकृति कारोबार सुरु गर्ने औपचारिक शुभारम्भ कार्यक्रम गरेका छन् ।
सोमबार एक समारोहको आयोजना गरी नबिल बैंकमा एनबी बैंक गाभिएपछिको एकीकीकृत कारोबार सुरु गर्न लागेको यी दुई बैंकले घोषणा गरेका हुन् ।
नबिल बैंक प्रतिशेयर मूल्य शतप्रतिशत नै कायम रहने र एनबीको भने प्रतिकित्ता १०० अंकित दरका सेयको मूल्य ४३ रुपैयाँ कायम हुने गरी नबिलले एनबी बैंकलाई प्राप्ति गरेको हो ।
नबिलले प्राप्ति गरेपछि बन्ने बैंकको प्रमुख कार्यकारी अघिकृतमा ज्ञानेन्द्र ढुंगाना रहने भएका छन् । यी बैंक गाभिएपछि चुक्तापुँजी २२ अर्ब ८३ करोड रुपैयाँ पुग्ने भएको छ ।
मकालु खबर
२०७९ असार २७ गते
प्रतिक्रिया
सम्बन्धित