सुतिरहेको ठाउँमा गएर छुरा प्रहार गरी किशोरको हत्या

सुनसरी । सुनसरीको रामधुनीमा छुरा प्रहारबाट एक जनाको हत्या भएको छ । रामधुनी नगरपालिका-६ सुवानाका १६ वर्षीय किशोरको छुरा प्रहार गरी हत्या गरेको आरोपमा प्रहरीले स्थानीय १७ वर्षीय एक बालकलाई पक्राउ गरेको छ ।

आज बिहान घरैमै सुतिरहेका चन्द्र सदाको १६ वर्षीय छोरा विवेक सदालाई १७ वर्षीय किशोरले सुतिरहेकै स्थानमा गएर पेटमा छुरा प्रहार गरेको प्रहरीले जनाएको छ । गम्भीर घाइते भएका सदालाई उपचारको लागी बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान पटाइएकोमा उपचारको क्रममा ८ बजे मृत्यु भएको हो ।

घटनामा संलग्न रहेका बालकलाई घटनामा प्रयोग भएको छुरा सहित पक्राउ गरी थप अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय पकलीले जनाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *