करेसाबारीमा लडेर वीरेन्द्रनगरमा वृद्धाको मृत्यु
मकालु खबर
२०७९ असार २९ गते
सुर्खेत । जिल्लाको वीरेन्द्रनगरमा करेसा बारीमा लडेर एक वृद्धाको मृत्यु भएको छ । नगर प्रहरी कार्यालय सुर्खेतका अनुसार वीरेन्द्रनगर–६ शान्तिटोलका ९० वर्षीया धनरूपादेवी दमाईको मृत्यु भएको हो ।
मंगलबार दिउँसो तीन बजेको समयमा धनरूपाादेवी घरबाट निस्किँएको र साँझसम्म घरमा नआएको भन्दै उनका छोराले प्रहरीलाई खबर गरेका थिए ।
प्रहरीले खबर पाउँनसाथ उनको घरमा गएर धनरूपादेवीलाई खोज्दै जाँदा घर नजिकै आफ्नै करेसा बारीमा लडेर मृतक अवस्थामा फेला पारेको थियो ।
धनरूपादेवीको खोजीमा प्रहरी निरीक्षक कृष्ण डाँगीको कमाण्डमा ७ जनाको टोली खटिएको थियो ।
मकालु खबर
२०७९ असार २९ गते
प्रतिक्रिया
सम्बन्धित