हिमालयन बैंकले सिभिललाई गाभ्ने, सहमतिपत्रमा हस्ताक्षर

काठमाडौँ । हिमालयन बैंकले सिभिल बैंकलाई गाभ्ने सहमति भएको छ । बुधबार दिउँसो दुई बैंकबीच मर्जर तथा एक्वीजिसन सम्बन्धी सम्झौता भएको हो ।

हिमालयनले ८१ प्रतिशत स्वाप रेसियोमा सिभिललाई गाभ्ने सहमति भएको हो ।

प्रारम्भिक सहमति अनुसार नयाँ बन्ने बैंकको नाम हिमालयन बैंक नै रहने छ । प्रमुख कार्यकारी अधिकृतमा हिमालयन बैंकका सीइओ अशोक राणा नै रहने छन् । नयाँ बन्ने बैंकको सञ्चालक समितिमा सिभिलका कुनै पनि सञ्चालक रहने छैनन्। सिभल बैंकका हालका सिइओ नयाँ बैंकको डेपुटी सिइओ हुने सहमति छ । कर्मचारी बराबरी हैसियतमा समायोजन हुने छन्।

हिमालयन बैंकले इन्भेष्टमेन्ट बैंकसँग मर्जर तोडिएपछि नयाँ जोडी खोजिरहेको थियो। सिभिल बैंकसँग विभिन्न चरणमा कुरा भए पनि दुई बैंकबीच स्वाप रेसियोमा कुरा नमिल्दा सहमति हुन सकेको थिएन।

आगामी आर्थिक वर्षदेखि मर्जरमा जाने बैंकले सुविधा नपाउने संकेत गभर्नरले गरेपछि बैंकहरुले चालु आर्थिक वर्षमै मर्जरमा जाने सम्झौता गरेका हुन्।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *