अबदेखि नेपालमा बनेका पोशाक मात्रै लगाउने रवी लामिछानेकाे घाेषणा

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछानेले नेपालमा बनेका लुगाहरू मात्रै लगाउने घोषणा गरेका छन् ।

बिहीबार झापामा आयोजित पार्टीको जिल्ला भेलामा उनले अबदेखि आफूले नेपालकै उत्पादनलाई प्राथमिकता दिने बताएका हुन् ।

लामिछाने भन्छन्, ‘नेपालमा बनेका लुगा र सामान प्रयोग गर्दा उत्तिकै प्रभावशाली देखिन सक्छु जस्तो लागेको छ। मैले अहिले लगाएको तलदेखि माथिसम्मको पोसाक नेपाली उत्पादन हो । म निरन्तर नेपाली उत्पादन मात्रै प्रयोग गर्नेछु ।’

स्वदेशी उत्पादनको प्रवर्द्धनमा आफ्नो पार्टी लागिपर्ने समेत लामिछानेको भनाइ रहेको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *