प्रदेश १ को नामकरणमा साह्रै तानातान भयो, हानाहान हुनुअघि ‘साझा प्रदेश’ नाम राखौँ : मेयर साम्पाङ
मकालु खबर
२०७९ असार ३१ गते
काठमाडाैँ । धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङ राईले प्रदेश १ काे नाम साझा प्रदेश राख्न सुझाव दिएका छन् ।
उनले सामाजिक सञ्जालमार्फत् धारणा राख्दै नामकरणमा साह्रै तानातान भएकाले प्रदेश १ काे नाम साझा प्रदेश राख्न सुझाव दिएका हुन् ।
तानातान हानाहानमा परिणत हुनुअघि नै याे काम गर्न पनि उनकाे सुझाव छ ।
उनले भनेका छन्, ‘प्रदेश नं. १ को नाम “साझा प्रदेश” राख्नु ! साह्रै तानातान भयो ! हानाहान हुनु अघि यो गर्नु !’
मकालु खबर
२०७९ असार ३१ गते
प्रतिक्रिया
सम्बन्धित