कर्णाली प्रदेशसभामा कडा सुरक्षा किन ?

सुर्खेत । कर्णाली प्रदेश सभामा कडा सुरक्षा गरिएको छ । जुम्लाबाट प्रतिनिधित्व गर्ने प्रदेश सांसद नरेश भण्डारीले टेबल गरेका विधेयक पारित नगरेको भन्दै प्रदर्शन गर्ने भएपछि शुक्रवार प्रदेशसभामा कडा सुरक्षा गरिएको हो ।

सांसद भण्डारीले संसद्मा टेबल गरेको सिञ्जा सभ्यता संरक्षण तथा विकास विधेयक, पर्वतीय विज्ञान तथा प्रविधि विश्वविद्यालय विधेयक र नव प्रवर्तन, अन्वेषण तथा आविष्कार विधेयक पारितको माग गर्दै विधेयक सरोकार समाजले संसद् भवन अघि विरोध प्रदर्शन गरेको छ ।

सम्भावित घटना रोक्न संसद् भवनअगाडि कडा सुरक्षा व्यवस्था मिलाइएको छ ।

यस अघि सांसद भण्डारीले फेसबुकमार्फत समृद्ध कर्णाली निर्माणमा योगदान गर्न अपिल भन्दै स्ट्याटससमेत राखेका थिए । उनले फेसबुकमा स्ट्याटस राख्दै उक्त विधेयकलाई अविलम्ब पारित गराउनका लागि विधेयक ऐक्यबद्धता कार्यक्रममा सहभागिताका लागि अनुरोधसमेत गरेका थिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *