गुराँस गाउँपालिकाका अध्यक्षले भने- निर्वाचनको प्रतिशोध साँध्न प्रदर्शन गरियो

सुर्खेत । दैलेखको गुराँस गाउँपालिकामा शुक्रवार करार कर्मचारीले गरेको प्रदर्शन नियन्त्रण बाहिर गएपछि प्रहरीले गोली चलाएको थियो । उक्त प्रदर्शनबाट दुई जना प्रदर्शनकारी र केही प्रहरीहरू समेत घाइते भएका छन् ।

उक्त विषयमा जानकारी दिनका लागि शनिवार पालिका अध्यक्ष टोपबहादुर बिसीले पत्रकार सम्मेलन गर्दै कर्मचारीको नाममा राजनीतिक दलका नेता कार्यकर्ताले प्रदर्शन गर्दै पालिकामा क्षति पुर्‍याएको बताएका छन् ।

गाउँपालिका अध्यक्ष बिसीले निर्वाचनको प्रतिशोध साँध्न पालिकामा प्रदर्शन गर्न लगाइएको बताए । उनले पालिकाले करार कर्मचारी हटाएको विषय लिएर निर्वाचनको प्रतिशोध साँध्न आफूसँग पराजित कांग्रेसका नेताहरूले प्रदर्शन गरिएको स्पष्ट पारे ।

उनले भने, ‘प्रदर्शनका नाममा गाउँपालिकाको सम्पत्तिमाथि तोडफोड गरिनु, अत्यावश्यक सेवालाई प्रभावित पार्न प्रयास गरिनु, राज्यलाई हर बखत सुरक्षा दिने सुरक्षाकर्मीमाथि गम्भीर प्रहार गरिनु, आम नागरिकको शान्तिपूर्वक हिँडडुल गर्न पाउने अधिकारीमाथि समेत हस्तक्षेप गरिनु तथा शान्तिपूर्ण वातावरणलाई थप उत्तेजित बनाइनु, राजनीतिक संस्कारभन्दा बाहिरको व्यवहार प्रदर्शन गरिने दुःखद कुरा हो ।’

यस्तै, बिसीले करार कर्मचारीको आन्दोलनलाई गाउँपालिकाका निवर्तमान अध्यक्ष एवं नेपाली कांग्रेस दैलेखका सचिव खेमराज ओलीले नै नेतृत्व गरेर प्रदर्शनमा कर्मचारीलाई उचालेको आरोप लगाएका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *