प्रदेश १ को नामबारे छलफल गर्न सभामुखले बोलाए सर्वदलीय बैठक
मकालु खबर
२०७९ साउन २ गते
विराटनगर । प्रदेश–१ को नामको विषयमा छलफल गर्न सभामुख प्रदीपकुमार भण्डारीले शुक्रवार सर्वदलीय बैठक आव्हान गरेका छन् ।
सभामुख भण्डारीले प्रदेशसभामा प्रतिनिधित्व गर्ने संसदीय दललाई पत्राचार गर्दै आगामी शुक्रवार सर्वदलीय बैठक आव्हान गरेका हुन् ।
बैठकमा नामकरणको विषयमा छलफल हुने प्रदेशसभा सचिवालयका सचिव गोपालप्रसाद पराजुलीले जानकारी दिए। दलहरूबिच साझा सहमति गराउने प्रयास स्वरूप छलफल आह्वान गरिएको सचिवालयले जनाएको छ ।
नामको विषयमा दलहरूबिच एकमत छैन । भौगोलिक र जातीय पहिचानको विषयमा राजनीतिक दलले आ–आफ्नो अडान राखेका कारण प्रदेश–१ को नामको टुंगो लाग्न सकेको छैन ।
मकालु खबर
२०७९ साउन २ गते
प्रतिक्रिया
सम्बन्धित