४ वर्षीय बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा १ जना पक्राउ
मकालु खबर
२०७९ साउन ५ गते
रूपन्देही । चार वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा १ जना पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा सैनामैना नगरपालिका-२ सरौली संगमचोक बस्ने ४९ वर्षीय खेम प्रसाद भुसाल रहेकाे प्रहरीले जनाएकाे छ । प्रहरीले उनलाई गएराति पक्राउ गरेको हाे ।
भुसालले ती बालिकालाई आफ्नै घरमा जबरजस्ती करणी गरेको भन्ने खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय रन्यौराबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।
घटनाबारे थप अनुसन्धान भइरहेकाे प्रहरीले जनाएकाे छ ।
मकालु खबर
२०७९ साउन ५ गते
प्रतिक्रिया
सम्बन्धित