कालीकोटको पिलीमा पहिरो खस्दा, कर्णाली राजमार्ग अवरुद्ध

सुर्खेत । पहिरोका कारण कर्णाली राजमार्ग अवरुद्ध भएको छ । बिहीबार दिउँसो साढे १ बजेको समयमा सडकमाथिबाट पहिरो खस्दा राजमार्ग अवरुद्ध भएको हो ।

अस्थायी पोस्ट पिली कालिकोटका अनुसार खडाचक्र नगरपालिका–७ पिली स्थित कर्णाली राजमार्गमा सडक माथिबाट पहिरो आएर राजमार्ग पूर्ण रूपमा अवरुद्ध बनेको छ ।

अहिले उक्त क्षेत्रमा स्थानीय सरकारको सहयोगमा जेसिबीले सडक खुलाउने कार्य भइरहेको प्रहरीको भनाई रहेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *