सुर्खेतको भेरीगंगामा मावन कंकाल फेला
मकालु खबर
२०७९ साउन ५ गते
सुर्खेत । जिल्लाको भेरीगंगा नगरपालिकामा पर्ने छिन्चुको सामुदायिक वनमा मानव कंकाल फेला परेको छ । बिहीबार दिउँसो १२ः१५ बजेको समयमा भेरीगंगा–१० साततले स्थित गौरीशंकर सामुदायिक वनमा उक्त कंकाल भेटिएको हो ।
इलाका प्रहरी कार्यालय छिन्चुका अनुसार स्थानीयहरू च्याउ खोज्न गएको अवस्थामा मानव शरीरको अस्थिपञ्जर फेला पारेका हुन् ।
मानव कंकाल फेला परेको खबर प्राप्त गर्नसाथ उक्त स्थानमा छिन्चुबाट तत्काल प्रहरी निरीक्षकको कमाण्डमा ५ जनाको टोली पुगेको थियो ।
छरिएको अवस्थामा फेला परेको कंकाल ३/४ महिना जतिको पुरानो पुरुष व्यक्तिको हुनसक्ने प्रहरीको भनाई रहेको छ ।
उक्त कंकाल संकलन गरी जनप्रतिनिधिको रोहबरमा घटनास्थालको मुचुल्का बनाएर कंकाललाई कार्यालयमा ल्याएको प्रहरीले जनाएको छ ।
कंकाललाई प्रहरी कार्यालयमा ल्याएर आवश्यक अनुसन्धान भइरहेको छ ।
मकालु खबर
२०७९ साउन ५ गते
प्रतिक्रिया
सम्बन्धित