प्रदेश १ को नामको बारेमा छलफल गर्न सर्वदलीय बैठक सुरु
मकालु खबर
२०७९ साउन ६ गते
विराटनगर । प्रदेश १ को नामको बारेमा सर्वदलीय बैठक सुरु भएको छ । सभामुख प्रदीपकुमार भण्डारीको आव्हानमा प्रदेश सभा भवनमा सर्वदलीय बैठक शुरू भएको हो ।
बैठकमा प्रदेश सभामा प्रतिनिधित्व गर्ने नेकपा एमाले, नेपाली काङ्ग्रेस, नेकपा माओवादी केन्द्र, एकीकृत समाजवादी, जनता समाजवादी, संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च र राप्रपाका संसदीय दलका नेता सहभागी छन् ।
बैठकमा सभामुख प्रदीपकुमार भण्डारी, उपसभामुख सरस्वती पोखरेल, मुख्यमन्त्री राजेन्द्रकुमार राई सहित मन्त्रीहरू पनि सहभागी छन् ।
बैठकले चालू अधिवेशनमा प्रदेश सभामा नाम लग्ने या नलग्ने भन्ने निर्णय गर्न सक्ने संसद् सचिवालयले जनाएको छ ।
मकालु खबर
२०७९ साउन ६ गते
प्रतिक्रिया
सम्बन्धित