स्वास्थ्य चौकीको एम्बुलेन्स दुरुपयोग, दुर्घटना भएपछि पोल खुल्यो

धनगढी । डोटीको बडीकेदार गाउँपालिका वडा नम्बर १ बर्छैन स्वास्थ्य चौकीको एम्बुलेन्स दुरुपयोग हुने गरेको खुलेको छ । बिहीबार राती १० बजे एम्बुलेन्स दुर्घटनामा परेपछि दुरुपयोग हुने गरेको खुलेको हो ।

चालक तेज बोहराले आफ्नै काका पुष्कर बोहरालाई घर पुर्‍याउने समयमा वीपीनगरको सोखानमा एम्बुलेन्स दुर्घटना भएको थियो । स्थानीयले गैरचालकले मदिरा सेवन गरेर एम्बुलेन्स चलाउँदा दुर्घटना भएको भन्दै छानबिनको माग गरेका छन् ।

रातिको समयमा सडकमा जनावर आएर बाटो छेकेपछि दुर्घटना भएको एम्बुलेन्स चालक बोहराको दाबी छ।

वडा नम्बर १ का वडाध्यक्ष डम्बरबहादुर बोहराले दुर्घटना हुनै नसक्ने स्थानमा दुर्घटना भएको बताए । उनले यसबारेमा वास्तविकता बुझेर अघि बढ्ने बताए ।

स्थानीयले भने जनप्रतिनिधिकै संलग्नतामा एम्बुलेन्स गैरचालकले चलाएर दुर्घटना भएकाले सत्य तथ्य छानबिन गर्न माग गरेका छन् ।

चालक बोहरा र एम्बुलेन्समा सवारी उनका काका सकुशल भए पनि एम्बुलेन्स क्षतविक्षत अवस्थामा मर्मतका लागि ग्यारेजमा राखिएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *