स्रोत नखुलेको भारतीय रुपैयाँसहित दुई जना पक्राउ
मकालु खबर
२०७९ साउन ७ गते
धनगढी । धनगढीबाट स्रोत नखुलेको साढे १७ लाख बढी भारतीय रुपैयाँसहित दुई जना पक्राउ परेका छन् । धनगढी उपमहानगरपालिका वडा नम्बर १ शान्ति टोलबाट सशस्त्र प्रहरीले १७ लाख ६६ हजार भारतीय रुपैयाँसहित उनीहरूलाई पक्राउ गरेको हो ।
सशस्त्र पहरी बल नम्बर ३४ गण कैलालीको टोलीले धनगढी उपमहानगरपालिका–१ बस्ने १७ वर्षीय विवेक चन्द र १८ वर्षीय सरोज धामीलाई पक्राउ गरेको सशस्त्र प्रहरी बल नेपाल नम्बर ३४ गणका सशस्त्र प्रहरी नायब उपरीक्षक (डीएसपी) देवराज जोशीले जानकारी दिए ।
उनका अनुसार उनीहरूलाई उक्त रकम शनिबार विहान साइकलमा धनगढी चौराहतर्फ लैजाँदै गरेको अवस्थामा बरामद गरिएको हो । बरामद गरिएको रकमसहित उनीहरूलाई राजश्व अनुसन्धान कार्यालय कोहलपुरमा बुझाइने सशस्त्र प्रहरी नायब उपरीक्षक (डीएसपी) देवराज जोशीले जानकारी दिए ।
मकालु खबर
२०७९ साउन ७ गते
प्रतिक्रिया
सम्बन्धित