प्रचण्ड–माधव देउवाकै बाटोमा : पोखरेल

सुर्खेत । नेकपा एमालेका महासचिव शंकर पोखरेलले नेपालको राजनीति दुई वटा बाटोमा रहेको बताएका छन् । शनिवार कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरमा एमालेद्वारा आयोजित कार्यक्रममा नेपालको राजनीति दुई वटा बाटोमा रहेको बताएका हुन् ।

उनले भने, ‘नेपालको राजनीति दुई वटा बाटोमा भनेको एउटा केपी ओलीले अघि सारेको बाटो र अर्को शेरबहादुर देउवाले अघि सारेको बाटो हो । त्यसमा जनताको बहुदलीय जनवादको बाटो नै उपयुक्त हो । प्रचण्ड–माधव त देउवाकै बाटोमा छन् ।’

नेपालमा एमाले बाहेक अन्य दलहरू वास्तविक लोकतन्त्रवादी नभएको टिप्पणी गरेका छन् । उनले यदि नेपालमा वास्तविक लोकतन्त्रवादी छन् भने ती एमालेहरू मात्रै भएको बताएका हुन् । उनले भने, ‘हिजो प्रचण्ड र माधव नेपालले एमाले विभाजन गरे पनि जनताको नेतृत्व गर्न नसक्ने समयले पुष्टि गरिसकेको छ ।’

साथै उनले माधव नेपाल र प्रचण्डलाई कम्युनिस्ट आन्दोलनमा गद्दारहरू भएको टिप्पणी समेत गर्न भ्याए । उनले प्रचण्डको बारेमा बोल्दै भने,‘ ०४५ सालदेखि माओवादीको नेतृत्व गरिरहेका प्रचण्डलाई अहिलेसम्म आफ्नो ठाउँमा पुग्ने हाराहारीमा पार्टीभित्र नेता जन्मिएको छैन भन्नुहुन्छ। त्यो उहाँको भ्रमपूर्ण तर्क हो।’

उनले माधव नेपाललाई आदर्शका गफ दिने व्यक्तिको रूपमा चित्रित गरे।

साथै उनले देउवाको बाटोमा हिँडेर प्रचण्ड माधव नेपालले गद्दारी गरिरहेको बताए । साथै उनले एमालेको नेतृत्व माथि आक्रमण भइरहेको र केपी शर्मा ओलीले विघटन गरेको संसद्को बचाउ गरे ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *