दैलेखको डुङ्गेश्वरमा चट्याङ लागेर १२ घाइते

सुर्खेत । दैलेखमा चट्याङ लागेर १२ जना घाइते भएका छन् । आइतबार दिउँसो वर्षासहित परेको चट्याङले डुङ्गेश्वर गाउँपालिका–२ को सेर्माकोटका १२ जना घाइते भएका छन् ।

स्थानीय रमेश सिंह लगायतको घरमा परेको चट्याङले लागेर स्थानीय बासिन्दा घाइते भएको वडाध्यक्ष यामबहादुर विष्टले बताए । वडाध्यक्ष विष्टका अनुसार सिंहको घरमा बढी क्षति भएको छ । ‘कोदो गोड्ने खेतलाहर दिउँसोको खाजा पकाएर खाइरहेको अवस्थामा चट्याङ परेको रहेछ,’ उनले भने ।

वडाध्यक्ष विष्टले चट्याङले लागेर केही पशु चौपायाहरू मरेको बताए ।

यस्तै, घाइतेहरूको उपचारका लागि दैलेख जिल्ला अस्पताल पठाइएको वडा अध्यक्ष विष्टको भनाई रहेको छ । ‘घाइतेहरूको अवस्था गम्भीर छैन, कसैको हात जलेको छ, कसैको आँखामा चोट लागेको छ, उपचारका लागि बोलेरो जिपमा राखेर दैलेख अस्पतालतर्फ पठाइएको छ,’ वडाध्यक्ष विष्टले भने ।

जिल्ला प्रहरी कार्यालय दैलेखका डिएसपी भुवनेश्वरप्रसाद साहले चट्याङले लागेर घाइते भएकाहरूलाई दैलेख जिल्ला अस्पताल तर्फ ल्याउन लागिएको जानकारी दिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *