च्याउ खाँदा एकै घरका ५ जना बिरामी
मकालु खबर
२०७९ साउन ११ गते
बैतडी । विषालु च्याउ खाँदा मङ्गलबार बैतडीमा पाँच जना बिरामी परेका छन् । मेलौली नगरपालिका-५ खलीगाडमा एकै घरका उनीहरु बिरामी परेका हुन् ।
बिरामी पर्नेहरूमा स्थानीय १४ वर्षीया सुनिता जोशी, १२ वर्षीया सविता जोशी, १० वर्षीय किरन जोशी, आठ वर्षीया सोनिया जोशी र चार वर्षीया दिव्या जोशी छन् । उनीहरुको केशरपुर प्राथमिक स्वास्थ्य केन्द्र मेलौलीमा उपचार भइरहेको निमित्त प्रमुख जनस्वास्थ्य निरीक्षक मुकेशकान्त दयालले जानकारी दिए ।
च्याउ खाएर बिरामी भएपछि उनीहरूलाई तत्काल स्वास्थ्य केन्द्रमा भर्ना गरिएको हो । मङ्गलबार बिहान जङ्गलबाट टिपेर ल्याएको च्याउ उनीहरु सबैले खाएका थिए । च्याउ खाएको केही बेरपछि उनीहरुले बान्ता गर्न थालेपछि स्वास्थ्य केन्द्र लगिएको थियो । रासस
मकालु खबर
२०७९ साउन ११ गते
प्रतिक्रिया
सम्बन्धित