लुम्बिनी विकास बैंककाका नवनियुक्त अध्यक्षको शपथ ग्रहण

काठमाडौँ । लुम्बिनी विकास बैंकको सञ्चालक समितिले प्रविणकृष्ण श्रेष्ठलाई सर्वसम्मत रुपमा सञ्चालक समितिको अध्यक्ष चयन गरेको छ ।

नवनियुक्त अध्यक्ष प्रविण कृष्ण श्रेष्ठले बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन २०७३ को दफा १२७ (२) बमोजिम नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर डा. नीलम ढुङ्गाना तिम्सिनासमक्ष बुधबार पद तथा गोपनियताको शपथ ग्रहण गरेका छन् ।

नवनियुक्त अध्यक्ष प्रविणकृष्ण श्रेष्ठले त्रिभुवन विश्वविद्यालयबाट एमविएसम्मको शिक्षा हासिल गरी स्ट्याण्र्डर्ड चार्टर्ड बैंक नेपाल लिमिटेड (साविक नेपाल ग्रिण्डलेज बैंक लिमिटेड) र माछापुच्छ्रे« बैंक लिमिटेडको उच्च व्यवस्थापन तहमा रही करीब २ दशक नेपालको बैकिङ क्षेत्रमा सेवा पुर्याएपछि विगत ४ वर्षदेखि लुम्बिनी विकास बैंकको सञ्चालक रहँदै आएका छन् । उनको कुशल नेतृत्वमा लुम्बिनी विकास बैंकले थप प्रगति गर्ने अपेक्षा बैंकले गरेको जनाएको छ ।
शपथ ग्रहणको अवसरमा नेपाल राष्ट्र बैंक, बैंक तथा वित्तीय संस्था नियमन विभागका कार्यकारी निर्देशक डा. गुणाकर भट्ट, निर्देशक बुद्धराज शर्मा, लुम्बिनी विकास बैंकका प्रमुख कार्यकारी अधिकृत नरेशसिंह बोहराको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *