प्रभु बैंक र हङ्गर हब रेष्टुरेण्ट एण्ड बारबीच आकर्षक छुटको सम्झौता
काठमाडौँ । प्रभु बैंकका ग्राहकले हङ्गर हव रेष्टुरेण्ट एण्ड बारको सेवामा १० प्रतिशत छुट पाउने भएका छन् ।
बैंकका ग्राहकले उक्त रेष्टुरेन्टको सेवामा छुट पाउने गरी बैंकका डिजिटल सेल्स् विभाग प्रमुख भेषराज धमला र हङ्गर हव रेष्टुरेण्ट एण्ड बार प्रालिका अध्यक्ष तीर्थलाल महर्जनद्वारा उक्त सम्झौतामा हस्ताक्षर गरेका छन् ।
प्रभु बैंक र उक्त रेष्टुरेण्ट बीच सम्पन्न सम्झौताअनुसार प्रभु बैंकमा खाता खोली बैंकिङ्ग कारोबार गरिरहेका ग्राहकले हङ्गर हब रेष्टुरेण्ट एण्ड बार प्रालिद्वारा सञ्चालित रेष्टुरेण्टमा ‘फुड’ र ‘वेभरेज’मा १० प्रतिशत छुट प्राप्त हुने भएको हो ।
सम्झौताअन्तर्गत हङ्गर हब रेष्टुरेण्ट एण्ड बार प्रालिमा सुविधा लिने ग्राहकले प्रभु बैंकको डेबिट कार्ड, क्रेडिट कार्ड, मोबाइल बैंकिङ्ग, इन्टरनेट बैंकिङ्ग च्यानलहरु प्रयोग गरी भुक्तानी गर्दा, हङ्गर हव रेष्टुरेण्ट एण्ड बार प्रालिका उल्लेखित सेवामा आकर्षक छुट प्राप्त हुने छ ।