झापामा अति भारी वर्षा, दिउँसोसम्म सतर्कता अपनाउन आग्रह
मकालु खबर
२०७९ साउन १३ गते
काठमाडाैँ । झापाका विभिन्न स्थानमा गए रातीदेखि भारी वर्षा भएको छ । जिल्लाको शनिश्चरे, चन्द्रगढी, केचना तथा इलाम र झापाको सीमा आसपास केही स्थानमा अति भारी वर्षा भएको हो ।
मेची, विरिङ, निन्दा, अदुवाखोलालगायत साना खोलामा बाढीको जोखिम बढेको बाढी पूर्वानुमान महाशाखाले जनाएको छ । तटीय क्षेत्र र डुबान भइरहने होचा भूभागमा आज दिउँसोसम्म उच्च सतर्कता अपनाउन विभागले आग्रह गरेको छ ।
साउन १३ विहान २ बजे#SMSAlert
झापाको शनिश्चरे,चन्द्रगढी,केचना र इलाम,झापाको सीमा आसपास केही स्थानमा पछिल्लो ३ घण्टामा अति भारी वर्षा भएको, मेची विरिङ,निन्दा,अदुवाखोला लगायत साना खोलामा बाढीको जोखिम,तटीय डुबान भइरहने होचा भूभागमा दिउँसो सम्म उच्च सतर्कता अपनाऔँ
चित्रः बर्षा मि.मि. pic.twitter.com/vm0DhfdTlJ— Nepal Flood Alert! नेपाल बाढी सूचना! (@DHM_FloodEWS) July 28, 2022
मकालु खबर
२०७९ साउन १३ गते
प्रतिक्रिया
सम्बन्धित