पोखरामा भारी वर्षा, बस्ती डुबानमा
मकालु खबर
२०७९ साउन १६ गते
काठमाडौं । पोखरा महानगरपालिका–१३ मा भारी वर्षा भएपछि झण्डै एक सयभन्दा बढी घर डुबानमा परेको छ।
वडा नं १३ का वडाध्यक्ष किरण बरालकाअनुसार आइतबार साँझदेखि निरन्तर परेको वर्षाको कारण कमलपोखरी क्षेत्र डुबानमा परेको हो।
कुनै मानवीय क्षति भने नभएको उनले जानकारी दिए। ठूलो वर्षा भएपछि कमलपोखरी आसपासका क्षेत्रमा आफू रातिबाटै डोजर लिएर पानी तर्काउँदै हिँडेको बरालले जानकारी दिए।
निरन्तर बाढी आइरहेको कारण पानी तर्काउने काममा समस्या भएको उनले बताए।
मकालु खबर
२०७९ साउन १६ गते
प्रतिक्रिया
सम्बन्धित