मोरङमा १७ वर्षीय किशाेरी बलात्कृत, १ जना पक्राउ

मोरङ । मोरङमा १७ वर्षीय किशोरीलाई बलात्कार गरेको आरोपमा १ जना पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा जहदा गाउँपालिका वडा नं. ३ हातिबन्दा बस्ने २३ वर्षीय सुमन राजवंशी रहेको प्रहरीले जनाएको छ । उनी मंगलबार बिहान पक्राउ परेका हुन् ।

राजवंशीले ती किशोरीलाई जबरजस्ती करणी गरेको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी चौकी मझारेबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।

प्रहरीले घटनाबारे आवश्यक अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *