गरिमा विकास बैंकले ल्यायो गरिमा डिजी बटुवा
काठमाडौँ । गरिमा विकास बैंकले गरिमा स्मार्ट मोबाइल बैंकिङ्ग एपको अपग्रेडेड संस्करण गरिमा डिजी बटुवा सार्वजनिक गरेको छ ।
डिजी बटुवाले ग्राहकलाई आफ्नो मोबाइल फोन तथा वेबसाइटबाट समान पासवर्ड प्रयोग गरेर बैंक खातामा पहुँचका लागि अनुमति दिन्छ । यसले विभिन्न उपकरणबीच निर्वाध रुपमा कारोबार गर्न पूर्ण डिजिटल बैंकिङ्गको अनुभव दिलाउँछ ।
डिजिटल बैंकिङ्ग अनुप्रयोगको नविनतम संस्करण नेपालको अग्रणी फिनटेक कम्पनी एफवान सफट्ले विकास गरेको हो । गरिमा डिजी बटुवा डिजिटल बैंकिङ्गको सर्वव्यापी दृष्टिकोणमा आधारित छ । यसले ग्राहकलाई उनीको फोनबाट बैंकिङ्ग सेवा प्रयोगको लागि समान प्रणाली प्रयोग गर्न अनुमति दिन्छ ।
साथै अतिरिक्त सुविधा जस्तै सजिलै पैसा ट्रान्सफर, विभिन्न बिल भुक्तानी एपको प्रयोग गर्न सघाउँछ । बिजुलीको विल, टेलिफोनको विल, इन्टरनेटको विल, टाफिक चिट आदि), मोबाईल टप–अप, बैंक इस्टेटमेन्ट, चेक इस्टेटमेन्ट रिक्वेस्ट, क्युआर पेमेन्ट इत्यादिको सजिलै प्रयोग गर्न सक्नेछ ।
डिजि बटुवाका विषयमा गरिमा बैंकका प्रमुख कार्यकारी अधिकृत गोविन्दप्रसाद ढकालले भने, ‘गरिमा विकास बैंकले हाम्रा ग्राहकहरुलाई संभव भएसम्म उत्कृष्ट अनुभव प्रदान गर्ने कुरा सुनिश्चित गर्न गरिमा विकास बैंकको पछिल्लो प्रयास डिजी बटुवा हो । पछिल्लो समय डिजीटल बैंकिङ्ग एक अपरिहार्य विशेषता बनेको छ ।’
२०६४ सालमा स्थापना भएको गरिमा विकास बैंकले देशभर १२० शाखा, १ एक्स्टेन्सन काउन्टर र ५० वटा एटिएम मार्फत सेवा दिइरहेको छ ।