गल्फ लुब्रिकेन्टको डिलर मिट सम्पन्न

काठमाडौँ । गल्फ लुब्रिकेन्टेको उत्पादक एवं वितरक नेपाल ल्युब आयल लिमिटेडले आफ्नो डिलर मिट सम्पन्न गरेको छ । दुई दिने सो कार्यक्रममा नेपालभरी रहेका ५० भन्दा धेरै डिलर, गल्फ आयल इन्टरनेशनल, गल्फ आयल इंडिया र नेपाल ल्युब आयल लिमिटेडका प्रतिनिधिको सहभागिता थियो ।

डिलरलाई उत्प्रेरित गर्ने र अर्को वर्षको रोडम्यामसँग पंक्तिवद्ध गर्ने उद्देश्यका साथ कार्यक्रम आयोजना गरिएको थियो । कार्यक्रममा विभिन्न विधामा सर्वोत्कृष्ट डिलरलाई सम्मान गरिएको थियो ।

कार्यक्रममा बोल्दै नेपाल ल्युब आयल लिमिटेडका कार्यकारी निर्देशक करण चौधरीले भने, ‘विगत केही वर्षदेखि बाह्य कारणले गर्दा व्यवसायहरूले एक वा अर्को समस्याको सामना गर्दै आएका छन्, यो चुनौतीपूर्ण समयमा पनि हाम्रा डिलरहरूको अथक प्रयास र, इनोभेसनको कारण हामी नेपालकै सर्वाधिक बिक्रिहुने ब्रान्ड भइराखेका छौँ । म हाम्रा सबै डिलरहरु र टिमको प्रयास लागि आभारी छु जसले यो सम्भव बनाएको छ ।’

फ्युल रिटेल र लुब्रिकेन्टको क्षत्रमा गल्फ विश्वमै परिचित ब्रान्ड हो र यसले अटोमोटिभदेखि इन्डष्ट्रियल सेक्टर सम्मका उत्पादन उपलब्ध गराउँछ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *