विराटनगरबाट ६१ किलोग्राम गाँजा बरामद
मकालु खबर
२०७९ साउन १८ गते
विराटनगर । विराटनगर महानगरपालिका १४ जुवाबाट प्रहरीले बुधवार ठूलो परिणाममा लागु औषध गाँजा बरामद गरेको छ ।
प्लास्टिकमा प्याक गरी सिटी सफारीमा राखेर पश्चिमबाट पूर्वतर्फ लैजाँदै गरेको अवस्थामा ६१ किलोग्राम गाँजा बरामद भएको प्रदेश १ प्रहरी कार्यालय विराटनगरका प्रवक्ता एसपी नवीनराज राईले जानकारी दिए ।
उनका अनुसार बिहान ११ बजेतिर इलाका प्रहरी कार्यालय रानीबाट खटिएको टोलीले गाँजा बरामद गरेको हो ।
गाँजा लोड गरिएको को २ ह ४६१० नम्बरको सफारी पनि प्रहरीले नियन्त्रणमा लिएको छ । प्रहरीलाई देख्नासाथ सफारीका चालक भने फरार भएको एसपी राईले बताए । उनले चालकको खोजी तीव्र पारिएको जानकारी दिए ।
सफारी कसको हो भन्ने खुल्न बाँकी छ । गाँजा र सफारीलाई नियन्त्रणमा लिएर अनुसन्धान थालिएको प्रहरीले जनाएको छ । गाँजा भारततर्फ लैजान लागिएको हुनसक्ने प्रहरीको आशङ्का छ ।
मकालु खबर
२०७९ साउन १८ गते
प्रतिक्रिया
सम्बन्धित