सेयर बजारमा दोहोरो अंकको वृद्धि
मकालु खबर
२०७९ साउन २२ गते
काठमाडौँ । साताको पहिलो कारोबार दिन आइतबार सेयर बजार दोहोरो अंकले बढेको छ ।
यस दिन नेप्से परिसूचक १०.२७ अंकले बढेर यस दिन २१२३.८२ बिन्दुमा पुगेको छ । यस दिन २ अर्ब ६७ करोड ३३ लाख ३८ हजार २ सय ३२ रुपैयाँमा ६१ लख ६ हजार ५ सय २१ कित्ता सेयर कारोबार भएको छ ।
यस दिन ११८ कम्पनीको सेयर मूल्य बढेको छ । ५९ कम्पनीको सेयर मूल्य घटेको छ । ३ कम्पनीको सेयर मूल्य स्थिर रहेको छ । यस दिन जीवन बीमाबाहेकका अरु सबै समूहगत सूचकहरु हरियो बनेका छन् ।
मकालु खबर
२०७९ साउन २२ गते
प्रतिक्रिया
सम्बन्धित