१९ वर्षीय किशाेरीलाई जबरजस्ती करणी गरेको अभियोगमा १ जना पक्राउ

संखुवासभा । १९ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा चैनपुर नगरपालिका ९ पिलुखोला बस्ने २१ वर्षीय दिपक शेर्पालाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

मादी नगरपालिका ६ पुलुङस्थित सामुदायिक जंगलमा दिपकले ती किशोरीलाई जबरजस्ती करणी गरेको भन्ने खबर प्राप्त हुनासाथ अस्थायी प्रहरी पोष्ट पिलुवाखोलाबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *