ग्लोबल आइएमई बैंकका ग्राहकलाई माया मेट्रो अस्पतालमा छुट
मकालु खबर
२०७९ साउन २६ गते
काठमाडौँ । ग्लोबल आइएमई बैंक लिमिटेड र धनगढीमा रहेको माया मेट्रो अस्पतालबीच अस्पतालले प्रदान गर्ने सेवामा बैंकका ग्राहकलाई छुट प्रदान गर्ने सम्झौता सम्पन्न भएको छ ।
सम्झौता अनुसार ग्लोबल आइएमई बैंकका खातावाल ग्राहक तथा कर्मचारीहरुले माया मेट्रो अस्पतालका सेवाहरुमा १५ प्रतिशत सम्म छुट प्राप्त गर्नेछन् ।
माया मेट्रो अस्पतालमा छुट प्राप्त गर्न बैंकका ग्राहकहरुले बैंकको डेबिटरक्रेडिटरप्रिभिलेज कार्ड वा बैंकको परिचय पत्र पेश गर्नु पर्नेछ ।
आफ्ना ग्राहकवर्गको सुविधालाई मध्यनजर गरी बैंकले विभिन्न अस्पलातहरुसँग यस्ता सम्झौताहरु गरी समय सापेक्षता अनुरुप ग्राहकहरुलाई लावान्भित गर्दै आएको छ ।
मकालु खबर
२०७९ साउन २६ गते
प्रतिक्रिया
सम्बन्धित