‘सुपर डान्सर नेपाल’ रियालिटिशोमा डिसहोमको प्रायाेजन
काठमाडौँ । बिहीबारदेखि टेलिभिजनमा प्रशारणको तयारीमा रहेको रहेको ‘सुपर डान्सर नेपाल’ को पावर्डबाई प्रायोजन डिशहोम र्फावरनेटले गरेको छ । सँगसँगै इन्टरनेट पार्टनर पनि डिशहोम फाइवरनेट नै रहेको छ ।
‘सुपर डान्सर नेपाल’ भारतीय रियालिटी शोको फ्रेन्चाइज प्रोडक्ट हो । ‘सुपर डान्सर’ भारतमा समेत अहिलेसम्मकै सबैभन्दा ठूलो तथा सर्वाधिक रुचाइएको बालबालिका र परिवार लक्षित टिभि रियालिटि शो हो । चारदेखि १४ वर्ष उमेर समूहका बालबालिकाबीच प्रतिस्पर्धा हुने यो रियालिटी शो ‘सुपर डान्सर नेपाल’ को निर्णायकमा भुवन केसी, अभिनेत्री जसिता गुरुङ र ख्याती प्राप्त कोरियोग्राफर सुरेन्द्र राई रहनेछन् ।
नेपालभर बिभिन्न शहरहरु काठमाडौँ, पोखरा, इटहरी, हेटौँडा, बुटवल, र नेपालगञ्ज लगायतमा फिजिकल अडिसन सम्पन्न भइसकेको र नेपाल बाहिरका नेपालीभाषी भएको ठाउँको प्रतिभासमेत सहभागी गराउने उदेश्यका साथ डिजिटल अडिसन समेत गरिएको थियो ।
कार्यक्रमको होस्टमा अभिनेता विल्सन बिक्रम राई र नृत्याङ्गना कविता नेपाली रहने छन् । हरेक हप्ता बिहीबार र शुक्रबार प्रशारण हुने ‘सुपर डान्सर नेपाल’ कान्तिपुर टिभी एचडीमा २६ साउन राती ९ बजेदेखि प्रसारणमा आउँदैछ ।