‘मुक्तिनाथ गज्जब मुद्दती’ योजनामा तेब्बर प्रतिफल
मकालु खबर
२०७९ साउन २६ गते
काठमाडौँ । मुक्तिनाथ विकास बैंकले ग्राहकलाई न्युनतम अवधिमै तेब्बर प्रतिफल दिने गरी ‘मुक्तिनाथ गज्जब मुद्दती’ योजना सञ्चालनमा ल्याएको छ ।
बैंकका अनुसार यस योजनाअन्तर्गत व्यक्तिगत मुद्दती खातामा ९ वर्ष ४ महिना १८ दिनमा प्रतिफल तेब्बर हुने छ ।
व्यक्तिगत रेमिट्यान्स मुद्दतीमा ८ वर्ष ७ महिना २८ दिनमा तेब्बर हुनेछ ।
त्यस्तै व्यक्तिगत मुद्दती खातामा ५ वर्ष १० महिना १८ दिनमा प्रतिफल दोब्बर र व्यक्तिगत रेमिट्यान्स मुद्दतीमा ५ वर्ष ५ महिना ६ दिनमा दोब्बर हुनेछ ।
थप जानकारीका लागि बैंकको नजिकैको शाखा कार्यालयमा सम्पर्क गर्न सकिने बैंकले जनाएको छ ।
मकालु खबर
२०७९ साउन २६ गते
प्रतिक्रिया
सम्बन्धित