जनतामा एमालेको ठूलो प्रभाव छ : उपाध्यक्ष ज्ञवाली
मकालु खबर
२०७९ साउन ३१ गते
काठमाडाैँ । नेकपा एमालेका उपाध्यक्ष युवराज ज्ञवालीले जनतामा एमालेको ठूलो प्रभाव रहेको बताएका छन् ।
नेकपा एमाले बाँकेले आज कोहलपुरमा आयोजना गरेको अगुवा कार्यकर्ता भेलामा बोल्दै उपाध्यक्ष ज्ञवालीले जनतामा एमालेको ठूलो प्रभाव रहेकाले आगामी मङ्सिर ४ गते हुने निर्वाचनमा एमाले आफ्नै खुट्टामा उभिएर चुनाव जित्ने तयारीमा रहेकाे बताए ।
स्थानीय तहको निर्वाचनमा हासिल गरेको मतले एमाले अहिले पनि ठूलो दल भएको दाबी गर्दै उनले भने, “नीति, सिद्धान्त, विचार र पार्टीको सरकारले गरेका कामहरुले एमाले विजयी हुने बलियो आधार छ ।” एमालेलाई सबै दल मिलेर घेराबन्दी गरे पनि उनीहरुको लक्ष्य प्राप्त हुन नसक्ने नेता ज्ञवालीले बताए ।
मकालु खबर
२०७९ साउन ३१ गते
प्रतिक्रिया
सम्बन्धित