स्प्राइटको नेपालमा अहिलेसम्मकै ठुलो प्रोमोसनल क्याम्पेन
काठमाडौँ । लाइम–लेमन पेय पदार्थ स्प्राइटले आफ्नो अहिलेसम्मको सबैभन्दा ठुलो प्रोमोसनल क्याम्पेन स्प्राइटसँग जित्ने मौका ल्याएको छ ।
कम्पनीका अनुसार याे क्याम्पेन मार्फत स्प्राइटले आफ्ना उपभोक्तालाई हरेक घण्टा सामसङ ए०३एस स्मार्टफोन र हरेक हप्ता ४३ इन्चको सामसङ टेलिभिजन जित्ने मौका प्रदान गरेको छ ।
यो योजना स्प्राइटमा मात्र नभएर कोका–कोला र फ्यान्टाको पेट बोतलमा पनि लागु हुने कम्पनीले जनाएको छ । यसले क्याम्पेनलाई कोका–कोला नेपालको अहिलेसम्मकै सबैभन्दा ठुलो प्रोमोसनल क्याम्पेन बनाएको छ ।
कम्पनीका अनुसार यो अफरमा सहभागी हुन उपभोक्ताले बोतलको प्रमोशनल लेबलमा रहेको क्युआर कोड स्क्यान गरी त्यसको पछाडि भएको सिरियल नम्बर र आफ्नो मोबाइल नम्बर प्रदान गर्नुपर्ने हुन्छ । अथवा, उक्त सिरियल नम्बर र आफ्नो मोबाइल नम्बर ३४९४९ मा पनि एसएमएस (एसएमएस) गर्नुपर्ने हुन्छ । यो अफर स्प्राइट, कोका–कोला र फ्यान्टाको २५० मिलि, ५०० मिलि, १.५ लिटर र २.२५ लिटर पेट बोतलहरुमा नेपालभरी लागू हुनेछ ।
साउनबाट शुरु भएको यो अफर असोज ९ गतेसम्म लागु हुनेछ । बजारमा यो अफर लागु नहुने बोतल पनि उपलब्ध छन् । पुरस्कारसम्बन्धी सम्पूर्ण शर्त र विवरणहरु कम्पनीको वेबसाइटमा हेर्न सकिनेछ र पुरस्कार दाबी गर्न उपभोक्ताले आफ्नो लेबल सुरक्षित राख्नुपर्ने छ ।