सत्ता साझेदार दल जनमाेर्चाले भन्याे- ‘राष्ट्रपतिको कदम ठीक छ, नागरिकता विधेयक खारेज हुनुपर्छ’

काठमाडाैँ । सत्ता साझेदार दल राष्ट्रिय जनमोर्चाले राष्ट्रपति विद्यादेवी भण्डारीले सन्देशसहित फिर्ता गरेको नागरिकता विधेयक खारेज गर्नुपर्ने बताएको छ । बिहीबार बसेकाे संसद्‌ बैठकमा भाग लिँदै जनमोर्चाकी उपाध्यक्षसमेत रहेकी सांसद दुर्गा पौडेलले यस्ताे बताएकी हुन् । राष्ट्रपतिलाई धन्यवाद दिँदै पाैडैलले भनेकी छन्, ‘खुला सीमाना भएको देशमा विवाह गरेकै आधारमा नागरिकता प्राप्त गर्न योग्य हुने हो भने हमी फिजी हुने सम्भावना पनि छ । प्राय:जसो देशमा अंगीकृत नागरिकता दिन सर्टेन टाइम राखेको पाइन्छ ।’

उनले वास्तविक नेपालीलाई नागरिकता दिन समस्या छ भने त्यसमा सुधार गर्नुपर्ने  सुझाइन् । पौडेलले यो विधेयकलाई खारेज गरेर नागरिकताका विषयमा व्यापक छलफल गरेर अर्को विधेयक ल्याउनुपर्ने धारणा पनि राखिन् । नागरिकता मुलुकको अखण्डता र राष्ट्रियतासँग जोडिएको विषय भन्दै उनले विवाह गर्नेबित्तिकै कुनै पनि विदेशी नेपाली नागरिक हुन योग्य नहुने बताइन् । उनले थपिन्- ‘वैवाहिक अंगीकृत नागरिकतामा छिमेकी देशले जे व्यवहार गरेको छ ।’

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *